काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

8.57K
shares

लगातारको बर्षापछि आएको बाढी र पहिरोमा परी मुलुकभर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

घरभन्दा उत्तरपट्टिको पर्खाल भत्किएर थिच्दा रोल्पामा तीन जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा र १५ वर्षीया छिमेकी चित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलले जानकारी दिए ।

पहिरोका कारण बाँकेमा २ जना तथा कैलाली, सिन्धुली, चितवन, पर्सा, महोत्तरी र काठमाडौंमा एकरएक जनाको मृत्यु भएको छ । बाँके र पर्सामा एक–एक जना बेपत्ता भएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ३ दिनसम्म पानी परिरहने अनुमान गरेको छ ।