global ime bank Long Banner Ad

गृहपृष्ठ यसरी निर्धारण भयो राष्ट्रिय सभा सदस्यको कार्यकाल

यसरी निर्धारण भयो राष्ट्रिय सभा सदस्यको कार्यकाल

यसरी निर्धारण भयो राष्ट्रिय सभा सदस्यको कार्यकाल

राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारण भएको छ । गोला प्रथाको माध्यमबाट उनीहरुको कार्यकाल टुंगो लगाइएको हो । राष्ट्रिय सभाका सदस्यहरुले आफ्नो कार्यकाल आँफैले छानेका गोलाबाट तय गरेका हुन् ।

राष्ट्रिय सभाका सदस्यहरुलाई वर्णानुक्रमअनुसार गोलप्रथा छान्न लगाइएको थियो । उनीहरुले लिने ‘चिठ्ठा’मा जति अंक लेखिएको हुन्छ त्यति समयनै उनीहरुको कार्यकाल रहने व्यवस्था मिलाइएको थियो । सोही अनुसार राष्ट्रिय सभा सदस्यले आफुले लिएको गोलाप्रथाबाट आफ्नो कार्यकाल निर्धारण गरेका हुन् ।

त्यसरी लिएको गोला प्रथाका आधारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि ६ वर्ष भएको छ । त्यस्तै गृह मन्त्री रामबहादुर थापाको कार्यकाल पनि ६ वर्षको रहँदा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको २ निश्चित भएको छ ।

यी हुन् ६ वर्ष कार्यकाल रहने राष्ट्रिय सभा सदस्य

राष्ट्रिय सभामा ६ वर्ष कार्यकाल रहनेहरुमा रमेशजङ्ज रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमल्सिना, खिमलाल भट्टराई,  भैरवसुन्दर श्रेष्ठ, हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी यादव, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, संहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल रहेका छन् ।

पदावधि ४ वर्ष रहने राष्ट्रिय सभा सदस्य

परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवि भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको कार्यकाल ४ वर्षको हुने निश्चित भएको छ ।

जसकाे पदावधि २ वर्ष मात्र रहन्छ

हरिचरण सिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर र वृशेषचन्द्र लालले राष्ट्रिय सभामा दुई वर्ष मात्र विताउन पाउँने भएका छन् ।

 

याे पनि पढ्नुहाेस् ।

राष्ट्रिय सभामा ताेकियाे कार्यकाल, गृह मन्त्रीकाे ६ वर्ष अर्थ मन्त्रीकाे २ वर्ष

राष्ट्रिय सभाको बैठक सर्याे

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु