गृहपृष्ठ प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८ सदस्यीय सरकारी प्रतिनिधि मण्डलसहित ५२ जना निजी क्षेत्रका व्यवसायी र ११ जना सञ्चार क्षेत्रका प्रतिनिधि हुनेछन् । टोलीमा बेइजिङस्थित नेपाली दूतावासका अधिकारीसमेत समावेश छन् ।
को–को छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यसँगै चार मन्त्रीहरु हुनेछन् । गृहमन्त्री रामबहादुर थापामगर ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनः र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ रहनेछन् ।
यस्तै, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली, प्रधानमन्त्रीनिकट परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह, निजी सचिव राजेश बज्राचार्य पनि सहभागी हुनेछन् । प्रमुख सुरक्षा अधिकारी कर्णेल विष्णुकुमार खड्का, एडीसी मेजर हिमालय थापा, सुरक्षा अधिकारी क्याप्टेन उज्ज्वल केसीसमेत प्रधानमन्त्रीसँगै चीन भ्रमणमा जाँदै छन् । त्यस्तै प्रहरी निरीक्षक हरि खतिवडासँगै प्रधानमन्त्रीका निजी फोटोग्राफर महेन्द्रलाल श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।
भ्रमण टोलीमा जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वता डीसी (चौधरी) नैनकला ओझा, सुरेन्द्र कुमार यादवसमेत सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्ताङका जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हामु गुरुङ पनि सहभागी हुँदै छन् ।
मुख्यसचिवदेखि नासुसम्म
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मुख्यसचिव लोकदर्शन रेग्मीसहित अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसमेत परेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका दक्षिण पूर्वीएसिया महाशाखका सहसचिव गणेशप्रसाद ढकाल, चिफ अफ प्रोटोकल दीपक अधिकारी, ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेसमेत प्रधानमन्त्रीसँगै चीन भ्रमणमा जाँदै छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशन दीपकराज जोशीसमेत टोलीमा परेका छन् । परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल पनि भ्रमण दलमा सहभागी छिन् । परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसर कुलबहादुर मगर, परराष्ट्र मन्त्रालयकै नासु उत्तम घिमिरेसमेत भ्रमण दलमा सहभागी हुनेछन् ।
भ्रमण टोलीमा बेइजिङस्थित नेपाली दूतावासबाट राजदूत लीलामाणि पौडेल, डेपुटी चिफ अफ मिसन सुशील के लम्साल, विष्णुप्रसाद आचार्य, ब्रिगेडियर जनरल विनोद पाण्डे, हरिसचन्द्र घिमिरे, सावित्री ओली, हरिप्रसाद लुइँटेल र उत्तमप्रसाद न्यौपाने सहभागी हुँदै छन् ।
निजी क्षेत्रका ५२ प्रतिनिधि
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा निजी क्षेत्रका ५२ जना प्रतिनिधि सहभागी हुँदैछन् । नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष भवानी राणासँगै निर्वतमान अध्यक्ष पशुपति मुरारकासहित १२ जना सहभागि हुनेछन् । त्यस्तै सीएनआईका तर्फबाट अध्यक्ष हरिभक्त शर्मासहित पाँचजना र नेपाल च्याम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पाँचजना भ्रमण टोलीमा सहभागी हुँदैछन् ।
त्यस्तै नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यबाहक अध्यक्ष त्रिभुवनधर तुलाधरसहित तीनजना, साना तथा मझौला उद्योग महाससंघका उपाध्यक्ष पूर्णबहादुर भण्डारीसहित तीनजना, बुटवल पावर कम्पनीका अध्यक्ष पद्यम ज्योतीसहित तीनजना र राष्ट्रिय उद्योग तथा व्यापार युनियनका महासचिव रामजीप्रसाद वरालसहित चारजना भ्रमण दलमा सहभागी हुँदैछन् ।
त्यस्तै, भ्रमण दलमा एनआरएनएका अध्यक्ष भवन भट्ट, होङ्सी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयल, नेपाल चाइना ट्रेड एन्ड इन्डस्ट्रिजका अध्यक्ष अञ्जु पौडेल, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल र महासचिव लोकबहादुर भण्डारीसमेत चीन जाँदै छन् । यस्तै निजी क्षेत्रका अन्य १२ जना सहभागी हुनेछन् ।
मिडिया डेलिगेट्स पनि
प्रधानमन्त्रीको भ्रमण दलमा ११ जना मिडिया डेलिगेट्सहरुलाई समेत सहभागी गराइएको छ । यो नयाँ अभ्यास हो । मिडिया डेलिगेट्सको रुपमा गोरखापत्र दैनिकका उपकार्यकारी सम्पादक रामप्रसाद हुमागाईं, कान्तिुपर दैनिकका सम्पादक सुधीर शर्मा, काठमाडौं पोस्टका सम्पादक अखिलेश उपाध्याय, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल सहभागी छन् । त्यस्तै, रिपब्लिकाका सम्पादक सुवास घिमिरे, अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतम, एभिन्युजका शिव दाहाल, रविन्द्र श्रेष्ठ, नयाँ पत्रिकाकी प्रमिला देवकोटा, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल र रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलासमेत मिडिया डेलिगेट्सको रुपमा सहभागी हुँदैछन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सरकारी भ्रमण टोलीमा ६ जना सञ्चारकर्मीसमेत सहभागी हुँदै छन् । टोलीमा रेडियो नेपालका हरिशरण लामिछाने, नेपाल टेलिभिजनका निरञ्जन खनाल, नेपाल टेलिभिजनका क्यामेरापर्सन विष्णुभक्त महर्जन, राससका हरि लामिछाने, नेपाल मिडिया सोसाइटीका महासचिव शुभशंकर कँडेलसँगै क्यामेरापर्सन ध्रुवप्रसाद अधिकारी सहभागी हुनेछन् ।
फाइल तस्बिर
प्रकाशित समय : १३:१० बजे




















