global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि विद्युत लाइन काट्न थालिएको छ । धनकुटाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए ।

विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४ सय ७ ग्राहकको लाइन काटिएछ । धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले जानकारी दिए । नगरपालिकाले महशुलबापतको २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।

विद्युत महसुल बुझाउन ताकेता गर्दासमेत नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ । विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।
(रासस)

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु