काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आमा सुरक्षा कार्यक्रमका लागि २० करोड अपुग

20.92K
shares

आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले रकम अपुग भएको भन्दै निवेदन पठाएका छन् ।

सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो । सरकारले चालु आवमा आमा सुरक्षा कार्यक्रमका लागि एक अर्ब ३१ लाख रकम विनियोजन गरेको थियो । अहिले पनि सयभन्दा बढी स्वास्थ्य संस्थाले बजेट सकिएपछि पछि दिने भन्दै सुत्केरीलाई घर पठाइरहेको बताएका छन् ।

परिवार स्वास्थ्य महाशाखाले त्यस्ता स्वास्थ्य संस्थालाई थप २० करोडभन्दा बढी रकम आवश्यक भएको बताएको छ । परिवार स्वास्थ्य महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले सरकारले आगामी आर्थिक वर्षदेखि गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात रकम दोब्बरले वृद्धि गरेपछि यो समस्या बढेको बताए ।

हाल सरकारले गर्भवती उत्प्रेरणा सेवाबापत ४००, सुत्केरीलाई यातायातबापत हिमालमा एक हजार पाँच सय, पहाडमा एक हजार र तराईमा पाँच सय दिँदै आएको छ । परिवार स्वास्थ्यले आगामी आर्थिक वर्षमा चार लाख २५ हजार महिला सुत्केरी हुने अनुमान गर्दै बजेट अनुमान गरी कार्यक्रम बनाएको थियो । सरकारको ०७५/७६ को बजेट भाषणपछि अनुमान गरेको बजेटमा थप ४२ करोड आवश्यक पर्ने बताइएको छ ।

निर्देशक पोखरेलले परिवार स्वास्थ्यमा आउने बजेटको ४० प्रतिशत रकम आमा सुरक्षा कार्यक्रममा खर्च हुने जानकारी दिए । उनले चालु आवको अपुग रकम निकासा नभए आगामी आवमा आर्थिक भार थपिने जानकारी दिए । रकम निकासा हुने आश्वासन पाएको महाशाखाको भनाइ छ ।

निर्देशिका संशोधन गर्नुपर्छ

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका २०६५ (तेस्रो सशोधन २०७३) लाई पनि संशोधन गर्न अत्यावश्यक भएको छ । परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै निर्देशिका आवश्यक भएको बताए । ‘निर्देशिका संशोधन गर्ने विषयमा अन्तिम छलफलमा छौं, छिट्टै ड्राफ्ट बनाएर मन्त्रालय पठाउँछौं’ उनले भने ।

सरकारले प्रसुति सेवा दिने सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यो कार्यक्रम लागु गर्न अनुमति दिने गरेको छ । तर अनुमति लिएका निजी स्वास्थ्य संस्थाको कार्यक्रम अवरुद्ध हुने गरेको छ । निर्देशक पोखरेलले निजी स्वास्थ्य संस्थामा अनुगमन गर्न गाह्रो भएको बताए । उनले भने, ‘सही ठाउँमा खर्च भयो-भएन, सम्बन्धित व्यक्तिले सेवा पायो÷पाएन भन्ने अनुगमन गर्न पनि योजना बनाउँदैछौं ।’

(रासस)