global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अमेरिकामा वातावरण संरक्षण निकायका प्रमुखले दिए राजीनामा

अमेरिकामा वातावरण संरक्षण निकायका प्रमुखले दिए राजीनामा

अमेरिकामा वातावरण संरक्षण निकायका प्रमुखले दिए राजीनामा

अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख स्कट प्रुइटले पदबाट राजीनामा दिएका छन् । एकपछि अर्को काम विवादमा तानिएपछि उनले राजीनामा दिएका बीबीसीले उल्लेख गरेको छ ।
प्रुइटलाई राष्ट्रपति ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको हरित विरासत उल्ट्याउन भन्दै नियुक्त गरेका थिए । उनको खर्च गर्ने आचरण र स्वार्थ बाँझिएको विषय अनुसन्धानको दायरामा तानिएका थिए । उनलाई एकजना तेल उद्योगका प्रबर्द्धकसँग जोडिएको अपार्टमेन्ट अस्वाभाविक सस्तो भाडामा लिएको आरोप लागेको छ ।

आफ्नो व्यवहारमाथि प्रश्न उठाउने तल्ला तहका दर्जनौँ कामदारलाई पनि उनले दण्ड दिने गरेका थिए । एउटा ट्विटर सन्देशमा राष्ट्रपति ट्रम्पले प्रुइटले असाधारण काम गरेको टिप्पणी गरेका छन् । सन् २०१७ को फेब्रुअरी महिनामा उनी ईपीए नामक उक्त निकायको प्रमुखमा चुनिएका थिए ।
राष्ट्रपति ट्रम्पले प्रुइटपछिका वरिष्ठ अधिकारी एक जना पूर्व कोइला उद्योगका प्रवर्द्धक एन्ड्रयु व्हिलरले वातावरणीय निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी सोमवारबाट सम्हाल्ने बताएका छन् ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु