काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अपांग वा अशक्तलार्इ हिमाल आरोहण नरोक्न सर्वाेच्चको आदेश

7.68K
shares

अपांग वा अशक्तताको नाममा कुनै पनि व्यक्तिलाई हिमाल आरोहण गर्न नरोक्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतले दुवै हात, खुट्टा, आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहण संघको नियमावली संविधानविपरीत रहेको भन्दै आरोहणमा कसैलाई रोकतोक नगर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, दिपकराज जोशी र केदारप्रसाद चालिसेको संयुक्त इजजासले बुधबार यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै दुवै हात, खुट्टा अथवा आँखा नभएका व्यक्तिले पनि सगरमाथासहित सबै प्रकारका हिमाल आरोहण गर्न पाउने भएका छन् ।
रिट निवेदक माधवप्रसाद चौलागाईंले पर्वतारोहण संघको नियमावलीमा गरिएको सो व्यवस्था असंवैधानिक घोषित गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पर्वतारोहण संघको सो नियमावली संविधानमा व्यवस्था गरिएको समानताको हक र सामाजिक न्यायको हकविरुद्ध रहेको निष्कर्ष निकाल्दै असंवैधानिक घोषित गरिदिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।