काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

8.24K
shares

धादिङको खनियाबास गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर साईश्वाँरा बस्ने राजकुमार गुरुङ, उनकी ३३ वर्षीया श्रीमती बसुदा, छोरीहरू १० वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास घाईते भएका छन् । उनको किन्ताङफेदीस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यसैबीच धादिङकै खनियाबास ४, चिउरीबोटमा पहिरोमा पुरिएर एक दम्पत्ति बेपत्ता भएका छन् । गोठमा सुतिरहेका ६५ वर्षीय शमशेर घले र उनकी ६२ वर्षीया श्रीमती कोप्ची बेपत्ता भएका धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उक्त पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अविरल वर्षापछि जिल्लाको नेत्रावती गाउँपालिकास्थित सत्यदेवी, मार्पाकमा पनि पहिरोले घर बगाएको छ ।