global ime bank Long Banner Ad

गृहपृष्ठ असार २८ गते एक जोडी गैंडा चीन पठाइने

असार २८ गते एक जोडी गैंडा चीन पठाइने

असार २८ गते एक जोडी गैंडा चीन पठाइने

सरकारले चीनलाई उपहार दिने दुई जोडी गैंडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैंडाको अवस्था बुझ्न विहिबार चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।

राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैंडा पठाउने तयारी गरिएको छ । गैंडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ । चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैंडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ ।

चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली चितवन आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैंडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैंडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनीधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैंडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ ।

गैंडा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सयममा पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारी अभावमा पठाउन सकिएको थिएन । अर्काे एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैंडालाई असार २८ गते र अर्काे एक जोडी गैंडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने वचन दिएका थिए । सोही अनुरुप गैंडा पठाउन लागिएको हो ।

(रासस)

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु