गृहपृष्ठ गीताको तीज टार्गेट : एतै घमाइलो उतै घमाइलो
गीताको तीज टार्गेट : एतै घमाइलो उतै घमाइलो
नेपाली महिलाहरुको महान चाड तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरी विभिन्न सर्जकहरुले तीज गीतहरु बजारमा ल्याइरहेका छन् । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा घर्तीले गीतको तारिफ गरिन् । उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धी तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताईन् । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, वरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत भएको बताउँदै सबैको साथ सहयोगको अपेक्षा गरेको बताइन् । कला, साहित्यमा सक्रिय सर्जक र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलापले गरेको थियो ।
गीतको भिडियोमा नेपालकै पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य कलाकार बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको छ ।
सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको छ । गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन÷सम्पादन रहेको छ ।
वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।
प्रकाशित समय : ०१:१९ बजे



















