गृहपृष्ठ बिमस्टेकका राष्ट्र तथा सरकार प्रमुखलाई राष्ट्रपतिको दिवा भोज

बिमस्टेकका राष्ट्र तथा सरकार प्रमुखलाई राष्ट्रपतिको दिवा भोज

बिमस्टेकका राष्ट्र तथा सरकार प्रमुखलाई राष्ट्रपतिको दिवा भोज

राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानको लागि सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन् । यसको लागि मध्यान्ह सातै देशमा राष्ट्र तथा सरकार प्रमुख शीतल निवास पुग्नेछन् ।

प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच बिहीबार बिहान भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग्का लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको अबसरमा नेपाल आएकी हसिनासँग प्रधानमन्त्री ओलीले द्वीपक्षीय बार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारीले आयोजना गरेको दिवाभोज सकेर बिमस्टेक सम्मेलनका लागि आएका पाहुनाहरु होटल सोल्टीमा जाने तयारीमा छन् । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाहरु केहीबेरपछि होटल सल्टी पुग्नेछन् ।

सम्मेलन स्थल होटल सोल्टी होटल वरपर सुरक्षा व्यबस्था कडा छ भने आकर्षक सजावट गरिएको छ । उनीहरुको स्वागतमा राष्ट्रपतिले दिवाभोज आयोजना गरेकी हुन् ।

शीतल निवास पुगेका पाहुनाहरुलाई केहीबेरअघि राष्ट्रपति भण्डारीले स्वाग गरेकी हुन् । उपराष्ट्रपति नन्दबाहदुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास दिवा भोजमा सहभागी छन् ।

काठमाडौंमा आयोजना भएको चौथो सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रहरुका कार्यकारी सरकार प्रमुखहरु नेपाल आएका छन् । सन् १९९७ मा स्थापना भएको संगठनमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याड सदस्य राष्ट्र हुन् ।

स्थापनाकालमा मन्त्रीस्तरीय सम्मेलन गर्ने सहमति भएकोमा सन् २००४ बाट कार्यकारी प्रमुखहरुको शिखर सम्मेलन आयोजना गर्ने सहमति भएको थियो । सोही वर्ष बैंककमा पहिलो शिखर सम्मेलन आयोजना भएको थियो भने दोस्रो सम्मेलन सन् २००८ मा नयाँ दिल्लीमा भएको थियो । म्यानमारको राजधानी न्याप्यिदोमा सन् २०१४ मा तेस्रो सम्मेलन आयोजना भएको थियो ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु