काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अबकाे नेतृत्व कोइराला परिवारबाटै : शशांक

24.49K
shares

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारले नै गर्ने बताएका छन् । बुटबलमा आयोजित साक्षात्कार कार्यक्रममा कोइरालाले आफू, शेखर कोइराला र सुजाता मध्ये एकले सहमतिमै कांग्रेसको नेतृत्व गर्ने बताएका हुन् ।

देश दौडाहाको क्रममा आफूले कांग्रेसको नेतृत्वमा कोइराला परिवार नै आयोस् भन्ने नेता कार्यकर्ताको सुझाव पाएको दावी गर्दै उनले भने, ‘शेखर, म र सुजाता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ आगामी महासमिति बैठकमा नयाँ विधान पारित गरिने बताएका उनले कम्तिमा ३० वर्षका लागि उक्त विधान उपयोगी हुने दावी गरे ।

गत निर्वाचनमा कांग्रेसले नराम्रो हार व्यहोरेको सन्दर्भमा कोइरालाले भने आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दावी गरे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन,’ उनले भने, ‘अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ।’

सरकारले संघीयताको मर्म र भावना विपरित केन्द्रीकृत शासन चलाईरहेको टिप्पणी गरेका उनले सरकारले कुनै योजना तर्जुमा गर्न नसकेको आरोप लगाए । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रीकृत शासन चलाइरहेको छ,’ कोइरालाले भने, ‘ससरकारले संघीयताको मर्म बुझेको छैन ।’

नेकपामा भएको दुई तिहाईको ‘दम्भ’ र कांग्रेसभित्रकै गुट उपगुटलाई मुख्य दुई चुनौतिका रुपमा व्याख्या गर्दै उनले पार्टीमा गुट उपगुट अन्त्य हुनुपर्ने बताए । सरकारले प्रेसमाथि आक्रमण गरेको बताउँदै उनले हस्तक्षेपविरुद्ध खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गरे ।