काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीभो भी ११ प्रो एआई स्मार्ट फोन नेपालमा

17.7K
shares

भीभोले अल न्यु भी ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभोको भी ११ प्रोमा सफल मुख्य डिजाइनका साथमा न्यु हालो फुल भ्यु डिस्प्ले राखिएको छ । यो फोन कभर्ड थ्रीडी बडीका साथमा एउटा सहज र इमर्सिभ प्रयोगकर्ताका लागि अनुभव प्रदान गर्छ, जुन स्टेरी नाइट र नेबुला फ्युजन कलर अप्सनमा आउँछ ।

भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन हो, जसमा इनडिस्प्ले फिंगर प्रिन्ट स्क्यानिङ प्रविधि प्रयोग गरिएको छ, जसले भीभोको बायोमेट्रिक सेक्युरिटीको नेतृत्वदायी क्षमतालाई निरन्तरता दिएको छ । यसका साथमा स्लिक र स्ट्यालिस डिजाइनलाई पनि उत्तिकै महत्व दिइएको छ ।

‘हाम्रो प्राथमिकतामा उपभोक्ताको मतिष्कमा आविष्कारिक अनुभव प्रदान गर्नमा केन्द्रित रहँदै आएको छ । हाम्रा प्रयोगकर्ताका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जना गर्नका लागि हामीले एआई पावरयुक्त भी ११ प्रो स्मार्टफोन सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं,’ भीभो नेपालका ब्रान्ड म्यानेजर पेंगदाले भने ।

भीभो भी ११ प्रो ले भीभोको पर्फेक्टसटको खोजलाई निरन्तरता दिएको छ । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्युल मुख्य क्यामराका साथै ठूलो एफ÷१.८ एपार्चर र १.२८ पिक्सेल छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ, जसले उत्कृष्ट सेल्फी फोटो खिच्ने क्षमता राख्छ । १२ मेगापिक्सेलको मुख्य क्यामराले ड्युल पिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ युनिटमा परिवर्तन गर्न सक्छ । र, केबल ०.०३ सेकेन्डमा नै फोकसलाई लक गर्नसक्ने डीएसएलआर गुणस्तरको ड्युल–पिक्सेल अटोफोकोस प्रविधि प्रयोग गरिएको छ ।

फोटोग्राफीबाहेक भी ११ प्रोले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोबाइल अनुभव प्रदान गर्छ, जसका लागि भीभोको एआई असिस्ट्यान्ट जोभीको प्रयोग गरिएको छ । यसका लागि जोभी स्मार्ट सिन, गुगल लेन्स र गुगल असिस्ट्यान्ट जस्ता फिचर उपलब्ध छन् । यी अनुपम एआई फिचरका लागि भीभो भी ११ प्रोमा उच्च क्षमता भएको स्न्याप ड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनकोे कार्यक्षमतालाई उत्कृष्ट र सहज बनाउन ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज (रोम) रहेको छ ।

एन्ड्रोयड ८.१ मा आधारित भीभोको आफ्नै फन टच ओएस ४.५ (अपरेटिङ सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगै कार्य गर्छ, जसले फोनमा एकैपटक कयौं कठिन कार्यका साथै मल्टिपल एप्स प्रयोग गर्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सुपर एमोलेड हालो फुल भ्यु डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो छ । निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटरमात्र मोटाइ छ भने यसमा साड बेजेल्स पनि छ, यसका साथै थ्रीडी कभ्र्ड बडी डिजाइनले फोनको घुमाउरोपनालाई सशक्त बनाएर डिस्प्लेको उत्कृष्टतालाई देखाउन सफल हुने भिभोले जनाएको छ ।

नेपाली बजारमा भिभो भी ११ प्रोको बजार मूल्य ४९ हजार ४९० रुपैयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ सय ९९० तोकिएको छ । यी फोन बजारमा २०७५ असोज ४ गतेदेखि उपलब्ध हुनेछन् ।