गृहपृष्ठ त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ ।

विद्रोही लडाकूहरुसँगको भिडन्तमा (अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन् ।

युनिसेफले दक्षिणी त्रिपोलीमा भएको घटनाले १२ सय भन्दा बढी परिवार गत ४८ घण्टामा विस्थापित भएको सोमबार जनाएको छ ।

पछिल्लो समयमा भएका भिडन्तहरूकै कारण विस्थापित हुनेहरूको सङ्ख्या २५ हजार भन्दा बढी पुगेको र ती मध्ये आधाजति बालबालिका रहेको जनाइएको छ ।

‘धेरै बालबालिकाहरु विस्थापित भएका विवरणहरु आएका छन्, उनीहरुलाई तत्काल खतरा देखिएको छ, यही कारणले एउटा बच्चाको निधन भएको छ,’ युनिसेफको मध्य पूर्व र उत्तर अफ्रिकी निर्देशक गिर्ट काप्पेलारले भने ।

विद्यालयहरुलाई विस्थापित परिवारले आश्रयस्थलका रुपमा प्रयोग गर्ने क्रम अत्यधिक बढेको तथ्याङकले देखाएको छ । विद्यालयहरु अर्कै प्रयोजनका लागि प्रयोग भएकाले शैक्षिक सत्र सुरु गर्न पनि ढिलाई भइरहेको छ ।

स्थानीयबासिन्दाले खाना, विजुली, पानीलगायतका अत्यावश्यक बस्तुहरुको अभाव पनि झेलिरहेका छन् ।

लिवियामा भइरहेको द्वन्द्वले पारेको असर र विषेश गरेर बालबालिकामा भएको प्रभावका बारेमा विश्वभरीबाट चिन्ता र चासो व्यक्त भएको छ । रासस/एएफपी ।

 

प्रकाशित समय : ०१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु