काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिन्छ : मन्त्री महासेठ

13.42K
shares

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सांसद नै भए पनि समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीले छुट नपाउने बताएका छन । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री महासेठले रौतहटकोे लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माण भइरहेको पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन प्रालिसँग सांसद हरिनारायण रौनियारको संलग्नता रहे पनि नरहे पनि ठेकेदार कम्पनीले छुट नपाउने बताए ।

उनले रौतहट घटनाको विषयमा छिट्टै कारबाही भएको समाचार सार्वजनिक हुने दाबीसमेत गरे । वर्तमान सरकारले अहिलेसम्म १ सय ४२ निर्माण कम्पनीहरुमाथि कारबाही गरेको र कतिपय ठेकेदार कम्पनीसँग पाँच करोड रुपैयाँसम्म जरिवाना असुल गरेकोसमेत उनले जानकारी दिए ।

सरकारलाई गुमराहमा राखेर काम गर्नेहरु कसैले पनि छुट नपाउने बताउँदै उनले सबै ठेकेदारहरु बदमास भएको जस्तो गरी प्रचार हुनु दुःखद भएको उल्लेख गरे ।

सिन्डिकेट अन्त्य गर्ने कामबाट सरकार पछाडि नहटेको उल्लेख गर्दै मन्त्री महासेठले देशभरका २ सय ४५ संघसंस्थाको बैंक खाता रोक्का राखेर सम्पत्ति छानबिन गरिरहेको र छानबिनपछि आउने प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने जानकारी दिए ।