गृहपृष्ठ सोल्टी सिटी अपार्टमेन्टमा आगलागी : २३ जनाको उद्धार
सोल्टी सिटी अपार्टमेन्टमा आगलागी : २३ जनाको उद्धार
काठमाडौँ महानगरपालिका- १४, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए ।
सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
प्रकाशित समय : ००:०० बजे