काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इक्वाडोरमा पनि शक्तिशाली भूकम्प

5.95K
shares

इक्वाडोरमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९M१२ मा भूकम्प गएको युएसजिएसले जनाएको छ ।

दक्षिण अमेरिकी यस देशको मध्यभागनजिकै रहेको इलाकामा ९३.५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु परेको छ । स्थानीय अधिकारीहरूले भने भूकम्प ६.५ म्याग्निच्युडको भएको जानकारी दिएका छन् ।

इक्वाडोरमा सन् २०१६ को अप्रिल १६ मा तटीय प्रान्त मानाबीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा परी ६ सय ७३ व्यक्तिको मृत्यु भएको थियो ।

जापानमा केही दिनअघि गएको भूकम्पमा परी १८ जनाले ज्यान गुमाएका छन् भने अझै केही बेपत्ता छन् ।