global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा बस्ने नेपालीले नौटंकी देखाए : योगेश भट्टराई

अमेरिकामा बस्ने नेपालीले नौटंकी देखाए : योगेश भट्टराई

अमेरिकामा बस्ने नेपालीले नौटंकी देखाए : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने नेपालीप्रति रोष प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले सभ्य देशमा बसेका नेपालीले असभ्य, गैरजिम्मेवार, भद्दा र नौटंकी चरित्र देखाएको भन्दै खेद प्रकट गरेका हुन् ।

‘देशभित्र प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनुलाई सामान्य रुपमा लिनुपर्छ र राज्यले नागरिकको त्यो अधिकारको सम्मान र रक्षा गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘तर लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्वाचित, जनअनुमोदित, राजनीतिक तथा संवैधानिक वैधताप्राप्त प्रधानमन्त्री, जो सिङ्गो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै विरोधको असभ्य र भद्दा नौटंकी देखाइनु निन्दनीय र खेदजनक विषय हो ।’

केही दिनअघि अमेरिकामै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालोझण्डा देखाएको घटनाप्रति पनि योगेशले आपत्ति जनाएका छन् । ‘हालै प्रधानमन्त्री केपी ओली र केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति गरिएको व्यवहार नेपाली परम्परा, संस्कृति र सभ्यतामाथिको अतिक्रमणका रुपमा मैले बुझेको छु,’ उनले लेखेका छन्, ‘फेरि पनि भन्छु, उनीहरुको फरक विचारको म सम्मान गर्छु तर पराइको भूमिमा यो व्यवहार स्वीकार्य हुन सक्दैन ।’

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु