काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महन्थ ठाकुर भन्छन्- संविधान संशोधन नभएसम्म संघर्ष गर्छौं

33.73K
shares

 

राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म संघर्ष गरिरहने बताएका छन् । नेपालको संविधान जारी भएको दिनको सम्झनामा मुलुकधर धुमधामका साथ संविधान दिवस मनाईरहँदा कालो दिन मनाएको राजपाका संयोजक ठाकुरले बुधबार बारा पुगेर यस्तो बताएका हुन् ।

‘केही खास समुदायका अनुहारले देशमा शासन गर्न संविधान आफू अनुकुल बनाएर जारी गरेको छ,’ राजपाले बाराको कलैयामा आयोजना गरेको विरोध सभामा ठाकुरले भने, ‘संशोधन नभएसम्म हामी संघर्ष गरिरहन्छौं ।’ राजपाले ‘असोज तीन, कालो दिन’ भन्दै संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गरेको छ ।

सरकारले आफूहरुसँग गरेको सहमति उल्लंघन गरेको आरोप लगाएका ठाकुरले पहिचानसहितको संघीय स्वायत्त प्रदेश नबनाएर उपनिवेशिक शासन चलाउन संविधान बनाएको जिकिर गरे । जननिर्वाचित सांसद रेशम चौधरीलाई सपथग्रहण गर्नसमेत नदिएर सरकारले विभेद गरेको उनको भनाई थियो ।

बहुमतको घमण्डमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका ठाकुरले सरकारले ‘नांगो नाच’ देखाएको उल्लेख गरे । संविधान संशोधनको आफूहरुको माग पूरा नभए जुन सुकै बेला पनि ‘विस्फोट’ हुन सक्ने उनको चेतावनी थियो ।