बालबालिकाका लागि कर्णालीमा उत्कृष्ट नीति बन्छ : मन्त्री रावल
वि.सं.२०७५ मंसिर १९ बुधवार ०१:५५
shares

बालबालिकाका लागि कर्णाली प्रदेशमा उत्कृष्ट नीति बन्ने प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । मंगलबार वीरेन्द्रनगर सुर्खेतमा नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आयोजना गरेको प्रादेशिक तहमा बालसंरक्षण प्रणाली कार्यशाला गोष्ठिमा उनले यस्तो बताएका हुन् ।
‘कर्णाली प्रदेशमा रहेका आजका बालबालीका भोलीका नेतृत्व हुन्,’ उनले भने, ‘त्यसैले कर्णालीमा उत्कृष्ट बाल नीति बनाएर अगाडि बढ्नु जरुरी छ ।’ बालबालिकाहरुको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै मन्त्री रावलले कानुन निर्माणका लागि आफूले पहल गर्ने बताए ।
बालबालीकाको संरक्षणको लागि प्रदेश तथा स्थानीय तहमा कस्तो अभ्यास भएको छ र कसरी अगाडि बढ्नु पर्दछ भन्ने मुख्य छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल बाल मजदुर सरोकार केन्द्र सिविनका कार्यक्रम प्रबन्धक मधु दवाडीले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट लगाएतका ८ वटा जिल्लाबाट बाल अधिकारकर्मीहरुको सहभागीता थियो । सहभागीहरुले सडक पेटीमा रहेका बालबालिकाको उद्धार र बालमजदुर हरुको उद्धारको लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
























