काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कर्णाली पिछडिएको थियो भन्ने इतिहास हुनेछ : मन्त्री ज्ञवाली

7.59K
shares

कर्णाली पिछडिएको क्षेत्र थियो भन्ने ईतिहास मात्र हुने गरी आफूहरुले काम गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

मंगलबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सुर्खेतमा आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायसँगको अन्तरक्रियामा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश हरेक विकासका दृष्टिले पछाडि छ । मानब सुचांकमा कर्णाली र प्रदेश नं २ एकदमै पछाडि छन्,’ ज्ञवालीले भने, ‘पिछडिएको क्षेत्र भएकै आधारमा यी प्रदेशमा केन्द्र सरकारले बढी कार्यक्रम दिनेछ । कर्णाली पिछडिएको क्षेत्र थियो भन्ने इतिहासमा मात्रै सीमित हुनेगरी हामी कर्णालीमा विकासको मुहान् फुटाउने छौं ।’

कर्णालीका महिलाहरुको जीवनस्तर माथि उठाउने गरी सरकारले काम गर्ने बताएका उनले महिला हिंसा अन्त्यका लागि लाग्न आग्रह गरे । देशभरमा कुनै न कुनै बहानामा महिलाहरु हिंसा सहन बाध्य भएको बताउँदै उनले यसमा सरकार समेत गम्भीर रहेको बताए ।

सोही कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि सरकार गम्भीर भएको बताइन् । ‘महिला हिंसा अन्त्यका लागि सरकार गम्भीर छ,’ मन्त्री थापाले भनिन्, ‘यो अभियान जनस्तर सम्म पुर्याउनु पर्छ ।’ जनताको नजिक स्थानीय सरकार हुने भएकोले यसको बढी जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने मन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु, प्रदेश तथा प्रतिनिधिसभा सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीता थियो ।