काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही

9.41K
shares

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत चोरी गर्ने २५ जनालाई कारवाही गरेको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनबाट अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरिएको हो ।

केन्द्रका प्रमुख शिव गोशलीले घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले अनधिकृतरूपमा विद्युत् चोरी गरेको पाइएकाले उनीहरूलाई नियमअनुसार कारवाही गरिएको जानकारी दिए । उनका अनुसार तीमध्ये एमसिवी बाइपास गरी प्रयोग गर्ने १८, डाइरेक्ट हुकिङ गर्ने एक र मिटर बाइपास गर्ने पाँच जना रहेका छन् ।

विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ११ अनुसार निजहरुलाई कारवाही गर्दा रु ७९ हजार ४२१ राजश्व असुली भएको गोशलीले बताए ।

यसैबीच वितरण केन्द्रले बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु १४ लाखभन्दा बढी बक्यौता असुल गरेको छ । मंसिर महिनामा मात्रै त्यस ठाउँका ११८ ग्राहकको लाइन काटेर रु १४ लाख ६५ हजार ९४५ असुल भएको केन्द्रले जनाएको छ । बन्दीपुर र भानु क्षेत्रमा मात्रै अझै पनि रु ५० लाख बक्यौता रहेको केन्द्रले जनाएको छ ।
(रासस)