काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लोकगीतमा जम्दै धर्मराज

9.19K
shares

लोक गायक धर्मराज पोखरेल लोक गीतको क्षेत्रमा लोकप्रिय बन्दै गएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्क घर भई काठमाडौंमा इन्जिनियरिङ पेसा गर्दै आएका पोखरेलका धारापानीमा, आश्रममा बाउआमा, गैरी लसुन, दुईदिने चोलाजस्ता करिब डेढ दर्जन गीत छन् ।

स्थानीय हाट बजार, मेला, उत्सवहरुमा लोक गीत गाउँदै हिँड्ने पोखरेलले पाँच वर्षअघि ‘खोटाङ मध्ये बसेरी’ बोलको गीत रेकर्ड गराएका थिए । लोक संस्कृति र लोक भाका नेपाल र नेपाली समाजका सम्पत्ति भएकाले यिनको जगेर्ना गर्न यस क्षेत्रमा लागेको पोखरेल बताउँछन् ।

मैले के पाउनेभन्दा पनि लोकगीत, संगीत र संस्कृतिको संरक्षण गर्ने दायित्वलाई सम्झेर गीत संगीतको क्षेत्रमा लागेको उनको भनाइ छ । पोखरेलले यसै महिना लोक गीत संगीत क्षेत्रका दुईवटा महत्वपूर्ण अवार्डसमेत प्राप्त गरेका छन् ।

मंसिर ३ गते सगरमाथा म्युजिक अवार्डद्वारा पूर्वेली लोकगीत ‘दुईदिने चोला’बाट उत्कृष्ट लोक दोहोरी गायकको अवार्ड पाएका उनले त्यसको एकसाता बित्न नपाउँदै विन्दवासिनी म्युजिक अवार्डको नवौं संस्करणमा वर्षकै सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्डसमेत प्राप्त गरेका छन् । प्रज्ञा भवनमा सम्पन्न भएको कार्यक्रममा पोखरेललाई ‘आश्रममा बाउ आमा रुँदै धरर’ बोलको गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो । ‘यो पुरस्कार दर्शक र श्रोताको माया र स्नेहकै परिणाम हो,’ उनले भने, ‘दर्शक र श्रोताको माया यसरी नै पाइरहने कोसिस निरन्तर गरिरहने छु ।’