नबिल बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता
वि.सं.२०७५ मंसिर १९ बुधवार २०:०९
shares

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र केडीईसीएचबीच सम्झौता भएकोे छ । सम्झौताबमोजिम कान्तिपुर डेन्टल कलेजले नबिल बैंकका कार्ड प्रयोगकर्तालाई एक्स–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २० प्रतिशत र सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोटिक्स तथा क्राउन ब्रिजहरुमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ ।
‘ग्राहकलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप कान्तिपुर डेन्टल कलेजसँग गरिएको सम्झौताले हाम्रा कार्ड प्रयोगकर्तालाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने विश्वास छ,’ नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने । त्यस्तै, कान्तिपुर डेन्टलका अध्यक्ष बुद्धिमान श्रेष्ठले नेपाली नागरिकलाई अधिक सेवा पु¥याउने उद्देश्यले नबिल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौंको धापासीमा रहेको कान्तिपुर डेन्टल कलेज १५० दन्त कुर्सी तथा नौवटा विभाग छन् । अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा पनि सेवा केन्द्र सञ्चालनमा छन् । त्यस्तै, नबिल बैंकले ७४ वटा शाखा, १२१ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा प्रदान गरिरहेको छ ।
























