‘रेसिङ डिएनए’ सहितको यामाहा आर१५ भी३ नेपालमा
वि.सं.२०७५ मंसिर १९ बुधवार २०:२७
shares

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको आर१५ मा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ ।
सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ, जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।
आर१५ को नयाँ संस्करणमा यामाहाले ‘भीभीए सिस्टम’ समावेश गरेको छ, जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले पर्फमेन्सलाई अझ दमदार बनाउने कम्पनीको दाबी छ । यामाहाका अनुसार ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीइओ चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ आर१५ भी३ले लोकप्रिय १५० सीसीको सेग्मेन्टमा यामाहाको उपस्थितिलाई दमदार बनाउनुका साथै नेपाली बजारमा यामाहाको ब्रान्ड भ्यालुलाई नयाँ उचाइमा पु¥याउनेछ ।’
आर१५ भी३ का विशेषता
इन्जिन
१. ५८ एमएम ह् ५८.७ एमएमको नयाँ बोर एक्स स्ट्रोक रेसियो र उच्च कम्प्रेसन रेसियो भएको १५५ सीसीको ठूलो इन्जिन ।
२. लामो समयसम्म टिक्ने उच्च गुणस्तरको एलुमिनियम पिस्टन र डायसिल सिलिन्डर ।
३. ५.५ लिटरको एअर क्लिन (जुन अघिल्लो पुस्ताको भन्दा ६० प्रतिशतले ठूलो छ), ३० एमएमको ठूलो इन्टेक पोर्ट र भल्भ डिजाइन ।
४. पम्पिङ लस घटाउने र पावर बढाउने नयाँ डिजाइनको क्र्यांक केस भेन्ट ।
५. चाँडै इन्जिनलाई वार्म–अप गर्ने प्रविधि ।
६. नयाँ डिजाइनको मफलर ।
स्टाइल/डिजाइन
१. आर१ र आर६बाट प्रभावित डिजाइन र स्टाइल ।
२. ब्युटी र स्पिडको संयोजनलाई झल्काउने ग्राफिक्स ।
३. आर१ को झल्को दिने फ्रन्ट फेस ।
४. एयरफ्लोलाई भिजुअल फर्म दिने फेरिङहरु ।
५. पर्फमेन्स र ह्यान्डलिङलाई प्रतिविम्बित गर्ने सिलहट ।
६. गियरबारे जानकारी दिने इन्डिकेटर ।
७. एग्रेसिभ लुक भएको ककपिट र १८ प्रकारको सूचना दिने इन्स्ट्रयुमेन्ट कन्सोल ।
























