गृहपृष्ठ संसद विघटन मुद्दामा निवेदक तर्फको बहस आज सकिँदै
संसद विघटन मुद्दामा निवेदक तर्फको बहस आज सकिँदै
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट निवेदकतर्फको बहस आज सकिने भएको छ । विघटनविरुद्ध परेका १३ वटा रिटमाथि निवेदकको तर्फबाट आज बहस सकिने भएको हो ।
अहिलेसम्म संसद विघटनविरुद्ध परेका १२ वटा रिटको निवेदकतर्फको बहस सकिएको अदालतले जनाएको छ । आज १३औँ रिटको पनि निवेदक तर्फको बहस सकाउने इजलासको तयारी छ । अब तुलसी सिंखडाले दायर गरेको रिटमाथि निवेदकको बहस बाँकी रहेको छ ।
गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिटहरु परेका थिए । ती सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । संवैधानिक इजलास हरेक साताको २ दिनमात्रै बस्ने प्रचलन भए पनि यो मुद्दामाथि बहसका लागि दैनिक इजलास बस्दै आएको छ ।
प्रकाशित समय : २०:४५ बजे



















