गृहपृष्ठ दसैं घरमा रोपियो जमरा (फोटोफिचर)
दसैं घरमा रोपियो जमरा (फोटोफिचर)
नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ । बडा दसैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ गरिएको छ । आज बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक जदसैं घरमा जमरा मरा राखिएको छ । काठमाडौंको हनुमानढोका स्थित नासल चोकमा रहेको रोपिएको छ ।बिहान ७ : १५ बजेको शुभ साइतमा जमरा रोपिएको हो । सो क्रममा गुरूजुको पल्टनले सलामी दिएको थियो । आज रोपिएको जमरा दसैंको टिकाको दिन प्रसादको रुपमा ग्रहण गरिन्छ ।






तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : १७:१८ बजे


















