गृहपृष्ठ म्यानमारका सेनाद्वारा प्रजातन्त्रवादी नेतृ सुकी गिरफ्तार
म्यानमारका सेनाद्वारा प्रजातन्त्रवादी नेतृ सुकी गिरफ्तार
म्यानमारका सेनाद्वारा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी गिरप्तारमा परेकी छन् । सुकीले नेतृत्व गरेको पार्टी ‘नेशनल लिग फर डेमोक्रेसी’का प्रवक्ताद्वारा जारी वक्तव्यमा नेतृ सुकीलाई सेनाले गिरप्तार गरेको जनाएको छ । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बताइएको छ ।
म्यानमारमा सुकीले नेतृत्व गरेको नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत नोभेम्बर महिनामा भएको निर्वाचनमा भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ । सुकी नोबेल शान्ति पुरस्कार विजेता नेतृ हुन् । (एजेन्सी)
प्रकाशित समय : १४:४६ बजे


















