गृहपृष्ठ किस्ताबन्दीमा बिना ब्याजदर सामसुङ मोबाइल एस२१ खरिद गर्न सकिने
किस्ताबन्दीमा बिना ब्याजदर सामसुङ मोबाइल एस२१ खरिद गर्न सकिने
सानिमा बैंकले सामसुङको एस२१ सर्भिस खरिद गर्न निशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी इएमआईको व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक प्रालि (सामसुङ प्लाजा) सँग सम्झौता गरेको छ ।
ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी इएमआई सुविधाका साथै निशुल्क इएमआई प्रशासनिक शुल्क र सामसुङको तर्फबाट आकर्षक प्री–बुकिङ उपहारहरुको ब्यवस्था गरेको छ । सामसुङ एस२१को सर्भिसको प्री-बुकिङ सुरु भइसकेको छ र ग्राहकहरुका लागि यसै माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्स् प्रालिका विभिन्न आउटलेटबाट प्री-बुकिङ गर्न सक्नेछन् ।
सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदन दिनका लागि https://cardrequest.sanimabank.com/credit-card/online-applicationमा लगइन गर्नुहोला । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल सपिङ आउटलेट, होटल, रेष्टुरेन्टमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणका लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगइन गर्नुहोला ।
प्रकाशित समय : १६:०४ बजे


















