global ime bank Long Banner Ad

गृहपृष्ठ पाटन क्याम्पसका निर्देशक भट्टराईको राजीनामा माग

पाटन क्याम्पसका निर्देशक भट्टराईको राजीनामा माग

पाटन क्याम्पसका निर्देशक भट्टराईको राजीनामा माग

 

विद्यार्थी संगठनहरुले पाटन संयुक्त क्याम्पसका क्रमका निर्देशक डा. युवराज भट्टराईले बीबीएमा आफूखुसी बिद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मेरिट लिष्टको आधारमा बिद्यार्थीको नाम प्रकाशन गर्नु पर्ने भए पनि निर्देक भट्टराईले नजिकककालाई प्राथमिकता दिएको अखिल (क्रान्तीकारी)का विरेन्द्र मगर (मदन)ले न्युजकारोबारलाई जानकारी दिए ।

विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बिज्ञप्ती निकालेर निर्देशक भट्टराईको राजीनामा माग्दै उनको कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थीको नाम लिष्ट प्रकाशन गर्दा कोहीलाई खबर गरेको र कोहीलाई नगरे, लिष्ट प्रकाशन गर्दा रागि गरेको विद्यार्थी संगठनले आरोप लगएक छन् ।

बीबीए कार्यक्रमको निर्देशक युवराज भट्टराईले भने विद्यार्थी संगठनको आरोपमा सत्यता नभएको बताएका छन् । ‘मैले मेरिट लिष्टकै आधारमा सबैको नाम प्रकाशन गरेको छु, व्यक्तिगत रुपमा कसैलाई भर्ना गर्ने गरेको छैन,’ उनले भने । आफूलाई क्याम्पस प्रमुखले नियुक्त गरेको उल्लेख गर्दै विद्यार्थीले मागेको जवफको कुनै उत्तर दिन बाध्य नहुने उनले बताए ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु