काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रदूषण नियन्त्रण गर्न मेक्सिकोले बनायो यस्तो सडक

8.33K
shares

प्रदूषण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मेक्सिकोले एउटा प्रोजेक्ट सञ्चालन गर्याे । जसको उद्देश्य मेक्सिकोलाई ‘ग्रे’ सिटीबाट ‘ग्रिन’ सिटीमा रुपान्तरित गर्नु रहेको बताइएको छ ।

यो प्रोजेक्ट अन्तर्गत सडकका फ्लाइओभर्सका पिलरमा ‘भर्टिकल गार्डेन’ बनाउने योजना छ । जसले शहरको वातावरणमा सकारात्मक प्रभाव पार्न सकोस् ।

पछिल्ला केही वर्षदेखि मेक्सिकोमा ट्रफिक र धुँवा बढेको छ । शहरमा कारको संख्यामा बढोत्तरी भएसँगै प्रदूषण पनि बढेको र त्यसलाई रोक्न यस्तो विधि अपनाइएको बताइएको छ ।

यो योजना अन्तर्गत मेक्सिको शहरको कुल जनसंख्याका अतिरिक्त २५ हजारका लागि ताजा हावा उपलब्ध हुने बताइएको छ । त्यस्तै प्रत्येक वर्ष २७ हजार टन विशाक्त ग्यास र ५ हजार किलो धूलोबाट पनि मुक्ति मिल्नेछ । यो प्रोजेक्टमा सरकारको ध्यान तान्नका लागि ८० हजारको हस्ताक्षर संकलन गरिएको थियो ।

शहरलाइ नै सुन्दर देखाउने यो योजना निजी लगानीमा बनायएको हो । दुई वर्ष पहिले एक हजार पिलरमा भर्टिकल गार्डेन बनाएर यसको सुरुवात गरिएको थियो ।

तस्बिर : गुगल