गृहपृष्ठ पोखराको आइल्याण्ड भत्काइयो

पोखराको आइल्याण्ड भत्काइयो

पोखराको आइल्याण्ड भत्काइयो

पोखराको पार्दी बिरौटामा रहेको आइल्याण्ड भत्काइएको छ । पोखरा महानगरपालिका तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को पहलमा सोमबार पोखराको पार्दी बिरौटा चोकमा रहेको आईल्याड डोजर प्रयोग गरी भत्काइएको वडा अध्यक्ष तिर्थराज अधिकारीेले बताए ।

१२ मिटरको गोलाकारमा रहेको उक्त आइल्याण्डको बाहिरी भाग करिब ७.५ मिटरको भाग भत्काइएको अध्यक्ष अधिकारीले जनाए । बाँकी करिब ४.५ मिटरको गोलाकारमा दुई वटा सालिक सहितको तमु हिला चोक लेखिएको क्षेत्र भने केहि समय पछि समन्वय गरी व्यस्थापन गरिने उनले बताए ।

उक्त क्षेत्रको आइल्याण्डको भाग घटाएसँगै सडक क्षेत्रको भागग फराकिलो हुँदा ट्राफिक व्याबस्थापनमा थप सहयोग हुने अध्यक्ष अधिकारीले दाबी गरे । पार्दी बिरौटाचोकमा रहेको आइल्याण्डको धेरै भाग हटाउने विषयमा सारोकार निकायसँगको छलफलबाट हटाउने सहमति भएको उनले जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित पोखराको छोरेपाटन शान्ति स्तुपा ः जाने बाटोदेखि पृथ्बीचोकसम्मको क्षेत्रमा केही समय पछि चार लेनको सडक बिस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । सडक मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाहरु समेत हटाउने उनले बताए ।

महानगरपालिकाले यसअघि पोखरा जिरोकिलोमिटरमा रहेको आइल्याण्ड, पृथ्वीचोकको आइल्याण्डको भाग भत्काएको थियो । पोखराका आइल्याण्डमा रहेका विभिन्न व्यक्तिहरुको शालिक भने सराङकोटमा व्यबस्थापन गर्ने तयारी छ ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु