काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने ६ जना पक्राउ

5.89K
shares

जनकपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने ६ जना नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । सोमवार साँझ जनकपुरस्थित रामानन्द चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने नेविसंघका धनुषा सभापति सुजित मिश्रसहित ६ जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विद्यार्थी नेताहरूमा भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नविन यादव समेत पक्राउ रहेक छन् । काभ्रेस्थित दशरथ माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै नेवि संघ धनुषाले सोमबार प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको कार्टुन शेयर गरेको भन्दै प्रहरीले ढकाललाई पक्राउ गरेको थियो ।