काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बिमस्टेकमा टालिएको सडक भत्कियो

6.59K
shares

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि सडक मर्मत गर्दा वर्षभरिको बजेट सकिएको छ । चालू आर्थिक वर्षको २ महिनामै बजेट करिब सकिदा वर्षभरिको काममा प्रभाब पारेको छ । दुई महिनाअघि बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक मर्मत तथा रंग–रोगन गरेका थिए । भदौ १४ र १५ गते सम्पन्न सम्मेलनमा सडक विभागले नियमित कार्यअन्तर्गत ५ करोड रुपैयाँ खर्च गरेको थियो ।

सम्मेलनमा आएका पाहुनलाई देखाउन गरिएको सडक मर्मतमै चालू आर्थीक वर्षका लागी छुट्टाएको रकम सकिएको सकड बिभागका अधिकारीहरुले बताएका छन् । सडक मर्मतका लागी चालु आर्थिक वर्षमा काठमाडौं र ललिपुरमा झण्डै ६ करोड रुपैयाँ छुट्टाइएको थियो ।बिमस्टेक सम्मेलनमानै ४ करोड बढी रकम खर्च भईसकेकोले बाँकी रहेको रकमले वर्षभरी मर्मत गर्न नपुग्ने सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले बताए ।

‘सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये ८० प्रतिशत खर्च बिमस्टेकमा सकियो,’ उनले भने । बिमस्टेकका लागि सडक विभागले करिब १ करोड २० लाख खर्च गरेको जनाएको छ । वर्षभरी सडक टाल्ने बजेटको ८० प्रतिशत बिमस्टेक सम्मेलनको क्रममा नै सकिएपछि आउँदो असारसम्म सडक मर्मत गर्न खर्चको अभाव हुने भएको छ । बिमस्टेक सम्मेलनका क्रममा टालिएका कतिपय ठाउँमा भत्किन सुर भएको छ । काठमाडौंका सबै सडक सुधार गर्न तत्काल २ करोड रुपैयाँ खर्च लाग्ने महानिर्देशक श्रेष्ठले बताए ।

उनका अनुसार काठमाडौंका सडकको खाल्डा पीच गर्न र भित्री सडकहरु मर्मत गर्न कम्तिमा दुई करोड लाग्ने छ । खानेपानी ढललगायतका निकायले सडक खन्दै जाने र सडक विभागले टाल्दै जाने हो भने अझ धेरै रकम आवश्यक पर्ने विभागका अधिकारी बताउँछन् । बिमस्टेक सम्मेलनका क्रममा सडक मर्मत गर्न कति खर्च भयो भन्ने विवरण अहिलेसम्म विभागमा पुगेको छैन । ‘चाडपर्वका कारण कति खर्च भयो त्यो विवरण आउँन र कतिपय रकम भुक्तानि गर्न समेत बाँकी छ’ उनले भने ।

महानिर्देशक श्रेष्ठले सडकको समस्या समाधान गर्न खानेपानी मन्त्रालयलाई समेत पत्रचार गरिएको बताए । खानेपानी मर्मत गर्नका लागि पीच गरिएको सडक खन्ने गरेकाले विभागले खानेपानी मन्त्रालयलाई पत्रचार गरेको हो । बिमस्टेक सम्मेलनका क्रममा हतारमा गुणस्तरहीन काम भएको भन्दै विरोध भएको थियो । बिमस्टेकको समयमा खर्च धेरै हुँदा सडक मर्मत नहुने देखिएको छ ।