विश्व मधुमेह दिवसमा पाटन प्याथ ल्याबको निःशुल्क शिविर
वि.सं.२०७५ कात्तिक २७ मंगलवार २३:५७
shares

पाटन प्याथ ल्याब प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसर पारेर निःशुल्क मधुमेह जाँच शिविर सञ्चालन गर्ने भएको छ । प्याथ ल्याबका अध्यक्ष रेशम भट्टराईले विश्व मधुमेह दिवसको अवसरमा सुगर चेक अप र डक्टर चेक अप निःशुल्क गर्न लागिएको न्युज कारोबारलाई बताए ।
‘मधुमेहका विरामीहरुलाई सुविधा पुगोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो,’ न्युज कारोबारसँग भट्टराईले भने, ‘शिविरमा सुगर चेक अप र डक्टर चेक अप निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको छ ।’
विश्व मधुमेह दिवसको अवसर पारेर बुधबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन गरिने भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ललितपुरस्थित पाटन प्याथल्याब लगनखेलमा शिविर सञ्चालन हुनेछ । उनले शिविरमा विशेषज्ञ चिकित्सकले विरामीको जाँच गर्ने जानकारी दिए । शिविरबाट करिब २०० भन्दा बढी विरामीले सेवा लिने अपेक्षा आफूहरुको रहेको भट्टराईको भनाई थियो ।
विश्वभरका १० मध्ये एक महिला मधुमेहको सिकार हुने गरेका छन् । मधुमेहको न्युनिकरणका लागि महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ विश्व मधुमेह दिवश मनाईंदै छ ।





















