गृहपृष्ठ प्रदेश ५ मा यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)
प्रदेश ५ मा यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)
प्रत्येक वर्ष डिसेम्बर–३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपांगता दिवस प्रदेश–५ मा पनि मनाइएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश कमिटी र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजानमा बुटवलमा प्रदेशस्तरीय २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
‘अपांगता भएका व्यक्तिहरूको शसक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता’ र राष्ट्रिय नारा ‘मलाइ गणना गर, समावेश गर’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
बुटवलको राजमार्ग चौरहाबाट व्यान्ड बाजासहित सुरु भएको विभिन्न प्रकृतिका अपांगता भएका व्याक्तिहरुको र्याली मुख्यमन्त्री निवास नजिकै राष्ट्रिय अपांग महसंघ प्रदेश ५ को कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो ।

र्यालीपश्चात आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रदेश ५ का समाजिक विकासमन्त्री सुर्दशन बरालले अपाङ्गमैत्री प्रदेश बनाउन सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । हरेक अपांगता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने भन्दै मन्त्री बरालले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन आग्रह गरे ।
उनले हजारौं चुनौतीको सामान गर्दै व्याक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपांगता भएका व्यक्तिहरुको क्षमता साच्चै अनुकरणीय भएको बताए ।
सोही कार्यक्रममा नेपालमा नै पहिलो पटक बहिरोपना भएका व्याक्तिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने एउटा मात्र खुट्टाको भरमा संगीता चौधरीले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् ।









प्रकाशित समय : २२:२९ बजे


















