सेयर बजार सामान्य बढ्यो
वि.सं.२०७५ मंसिर १७ सोमवार २३:३६
shares

सेयर बजार परिसूचक सामान्य बढेको छ । विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा र अन्य समूह बढेपछि समग्र बजार परिसूचक ०.९ अंकले बढेर ११३१.७३ अंकमा पुगेको हो । आइतबार बजार परिसूचक १७ अंकले घटेको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १५६ कम्पनीको ६३ करोड ७९ लाख रुपैयाँबराबरको ३१ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबार ४५ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । सामान्य बढेको बजारमा विजय लघुवित्त, सप्तकोशी विकास बैंक, युनाइटेड मोदी हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।






















