गृहपृष्ठ कर्णालीमा यसरी मनाइयो अपांगता दिवस

कर्णालीमा यसरी मनाइयो अपांगता दिवस

कर्णालीमा यसरी मनाइयो अपांगता दिवस

२७ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्यालीको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा भएको र्यालीमा अपांगताका क्षेत्रमा काम गर्ने काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

सिद्धबहिरा बाल विद्यालय, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, नेत्रहीन सेवासंघ लगायतका दर्जन बढी संघसंस्थाहरुको सहभागीता रहेको थियो । र्याली मंगलगडि चौकबाट बीच बजार हुँदै जिल्ला समन्वय समितिको हलमा पुगी सभामा परिणत भएको थियो ।

जिल्ला समन्वय समितिको हलमा र्याली तथा मञ्च कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रममा सहभागीहरुले राज्यले आफूहलाई दोस्रो ग्रहको नागरिक जस्तो व्यवहार गरेको बताएका छन् । कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको कोषाध्यक्ष सुरेशकुमार खड्काले राज्यले आफूहरुलाई दोस्रो ग्रहबाट आएको जस्तो व्यवहार गरेको बताए ।

‘कर्णाली प्रदेश सरकारले अपाङ्गका नाममा केही बजेट त छुट्याएको छ । जसले केही पाइन्छ कि भन्ने आशा पलाएको छ । तर समग्रमा राज्यको मूलधारमा अझै पनि अपांगहरु आउन सकेका छैनन् ।’

त्यस्तै अपाङ्ग शसक्तीकरण केन्द्रकी उपाअध्यक्ष किमसरा खत्रीले विकटताले भरिएको कर्णालीमा अझै अपांगहरुलाइ असजिलो भएको बताइन् । उनले भनिन्, ‘राज्यले सरकारी कार्यालयहरु तथा बाटाघाटहरु निर्माण गर्दा अपांगमैत्री त बनाउन सकेको छैन ।’ बजेट बिनीयोजनमा समेत अपाङ्ग महिलाहरु विभेदमा परेको किमसराको भनाइ छ ।

प्रकाशित समय : २३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु