पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको यथावत्
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०३:१८
shares

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै डिजेल प्रतिलिटर ९९ र पेट्रोल ११२ रुपैयाँ पर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।
साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च विन्दुमा पुगेर घट्न थालेको छ । एक महिनामा २ अर्बभन्दा बढी घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ ।
























