मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा शृंखला
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०३:४९
shares

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी शृंखलाले टप ३० भित्र पर्न सफल भएकी हुन् ।
चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी शृंखला सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा पुगेकी हुन् ।
उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी टप ३० मा पुगेकी बताइएको छ । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।
शृंखलाले हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी थिइन् । मल्टिमिडियातर्फ बाजी मारेपछि उनी ३० भित्र पर्न सफल भएकी हुन् ।
























