global ime bank Long Banner Ad

गृहपृष्ठ पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवन प्रधानमन्त्रीद्वारा उद्घाटन

पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवन प्रधानमन्त्रीद्वारा उद्घाटन

पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवन प्रधानमन्त्रीद्वारा उद्घाटन

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

पुनर्निर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।

भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालमा सरकारले गरेका मुख्य कामहरू सार्वजनिक गरिरहेका छन् । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु