global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मागमा चार प्रतिशत वृद्धि

सुनको मागमा चार प्रतिशत वृद्धि

सुनको मागमा चार प्रतिशत वृद्धि

विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।

केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो । सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ ।

हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला बर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक बर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ ।

गत बर्षमा गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो बर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत बर्ष जम्मा एक हजार ९० टन पुगेको छ ।

सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ ।

गत बर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो बर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ ।(एजेन्सी)

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु