गृहपृष्ठ कामदार नपाएर जापानका उद्योगी हैरान
कामदार नपाएर जापानका उद्योगी हैरान
जापानका उद्योगी कामदार नपाएर हैरान छन् । बूढापाकाको संख्या बढ्दै जानु तथा न्यून जन्मदरका कारण जनशक्ति उत्पादन हुन नसक्दा जापानले कामदार अभाव झेल्नुपरेको हो ।
जापानमा गत वर्ष एक सय जनाबराबर १६१ वटा रोजगारीका अवसर थिए । यो वर्ष यो संख्या झन् बढेको छ । जापानको श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणअनुसार गत डिसेम्बरमा यो अनुपात अझ बढी छ । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध छन् ।
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनले बुढ्यौली उमेरका मानिसको जनसंख्या बढ्दै जानु, ढिलो विवाह गर्नु तथा न्यून जन्मदरका कारण कामदार अभाव झेल्नुपरेको विभिन्न अध्ययनले देखाएका छन् ।
जापानको अर्थतन्त्रमा गत वर्ष सेप्टेम्बरअघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटक–पटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।
प्रकाशित समय : १९:३२ बजे


















