गृहपृष्ठ नेपाली कांग्रेसद्वारा प्रदेश ५ को संसद अवरुद्ध
नेपाली कांग्रेसद्वारा प्रदेश ५ को संसद अवरुद्ध
नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नुपर्नेलगायतका माग राख्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।
कांग्रेसको विरोधपछि प्रदेशसभाको बैठक माघ २२ गतेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तिले जानकारी दिए । डा. केसीसँग भएको सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै कांग्रेंसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि विरोध जनाउँदै आएको छ ।
प्रकाशित समय : १९:४२ बजे


















