global ime bank Long Banner Ad

गृहपृष्ठ आगजनीको विरोधमा विराटनगरमा ट्रिप्पर व्यवसायीद्वारा सडक अवरुद्ध

आगजनीको विरोधमा विराटनगरमा ट्रिप्पर व्यवसायीद्वारा सडक अवरुद्ध

आगजनीको विरोधमा विराटनगरमा ट्रिप्पर व्यवसायीद्वारा सडक अवरुद्ध

मोरङको सुन्दरहरैंचामा ट्रिप्परमाथि भएको आगजनीको विरोधमा विराटनगरमा ट्रिप्पर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । माघ १४ गते सुन्दरहरैंचामा ट्रिप्परको ठक्करबाट बालिकाको मृत्यु भएपछि सातवटा ट्रिप्परमाथि भएको आगजनीको विरोधमा विराटनगरमा ट्रिप्पर व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका ट्रिप्पर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय ट्रिप्पर सडकमा तेर्स्याएका छन् । आगजनीको विरोधमा ट्रिप्पर व्यवसायीले क्षतिपुर्ति पाउनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको पूर्वाञ्चल ट्रिप्पर व्यवसायी संघका कोषाध्यक्ष सन्दीपले सिंह बताए ।

प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध पारेका हुन् । प्रहरीले रोकेपछि व्यवसायीले सडकमै ट्रिप्पर राखेर नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरी विरोध प्रदर्शन गर्न रोकेकाले व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । माघ १४ गते ट्रिप्परको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा ट्रिप्परमा आगजनी गरेका थिए ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु