global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मीको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । कृषकलाई ग्लोबल आइएमई बैंकमार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत ब्याज मुसिकोट नगरपालिकाले बैंकलाई भुक्तानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात छनोट भएका कृषकले आवश्यक कागजपत्र पूरा गरेपछि बैंकको नियमानुसार न्यूनतम २ लाखदेखि अधिकतम १० लाखसम्मको ऋण सुविधा उपयोग गर्न पाउनेछन् । हाल बैंकले १३३ शाखा, १५ राजस्व संकलन काउन्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउन्टर तथा ११७ शाखारहित बैंकिङ र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत ९ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु