global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ धनकुटामा र्‍याफ्टिङ बोट पल्टियो, उदयपुरका एक व्यक्तिको मृत्यु

धनकुटामा र्‍याफ्टिङ बोट पल्टियो, उदयपुरका एक व्यक्तिको मृत्यु

धनकुटामा र्‍याफ्टिङ बोट पल्टियो, उदयपुरका एक व्यक्तिको मृत्यु

र्‍याफ्टिङ गर्ने क्रममा बोट पल्टिँदा धनकुटामा एकजनाको मृत्यु भएको छ । आइतबार अपरान्ह ४ बजे सहिदभूमि गाउँपालिका वडा नं. १, बिरिनटारस्थित तमोर नदीमा बोट पल्दिँदा उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटना भएको केही समयपछि उद्धार गरी सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । डुंगामा सवार अन्य ९ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु