गृहपृष्ठ चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीले भने– आन्दोलन होइन, बिरामीको उपचार गर्नुस्
चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीले भने– आन्दोलन होइन, बिरामीको उपचार गर्नुस्
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई यादवले भने, ‘पहिला खटाइएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस्, यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ ।’ आन्दोलित चिकित्सकहरुलाई उनले आन्दोलन छाडेर बिरामीको उपचारमा लाग्न आग्रह गरे ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन सोमबार काठमाडौंमा सार्वजानिक गरेपछि पत्रकारहरुसँग स्वास्थ्यमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
प्रदेश र स्थानीय तहमा समायोजन भएपछि संघमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक संघ (गोदान)सँग स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरित समायोजन भएको भन्दै सरकारी चिकित्सक संघमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरिरहरेका छन् ।
प्रकाशित समय : २०:१३ बजे



















