global ime bank Long Banner Ad

गृहपृष्ठ बारामा फेरि असिना–पानीसहित हुरी, पीडितको बिजोग

बारामा फेरि असिना–पानीसहित हुरी, पीडितको बिजोग

बारामा फेरि असिना–पानीसहित हुरी, पीडितको बिजोग

बारामा फेरि असिना पानीसहित हुरी आएको छ । मंगलबार बिहान असिना पानीसहित हुरी आएको हो । हुरीले पीडितकाे त्रिपाल  समेत उडाएको छ । त्रिपालमुनि बस्दै आएका पीडित झन समस्यामा परेका छन् । केही ठाउँमा बिजुलीको पोल समेत ढलेको छ । असिना पानी सहित हावाहुरी आएपछि पीडितहरु त्रसित भएका छन् ।

प्रहरीका अनुसार फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा क्षति पुगेको छ । हावाहुरीपछि रात वितरण र अस्थायी टहरा निर्माणको काम प्रभावित भएको छ । आधा घण्टासम्म आएको असिना पानी र हावाहुरीले निजगढ नगरपालिका र सिमरा उपमहानगरपालिका क्षेत्रमा पनि असर गरेको छ ।

स्थानीयका अनुसार असिनाले खाद्य बाली समेत नष्ट गरेको छ । गत आइतबार बारा– पर्सामा आएको हावाहुरीले २९ जनाको मृत्यु भएको थियो ।

तस्बिर : फेसबुकबाट

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु