global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथाको उचाइ एक सेन्टिमिटर पनि फरक नहाेस् : प्रधानमन्त्री

सगरमाथाको उचाइ एक सेन्टिमिटर पनि फरक नहाेस् : प्रधानमन्त्री

सगरमाथाको उचाइ एक सेन्टिमिटर पनि फरक नहाेस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको टोलीलाई आज विदाइ गरेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोलीलाई प्रधानमन्त्री ओलीले विदाइ गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल छन् ।

शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।
‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ’ ओलीले भने, ‘तपाईंहरुले सेन्टिमिटर सहितको उचाइ नापेर ल्याउनु होला ।’ प्रधानमनत्री ओलीले यो टोलीले ल्याएको ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुने बताए ।

प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यमा भने ख्याल गर्न र गाइडको सुझावलाई मान्न प्रधानमन्त्रीले सुझाव दिए । ‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्’ ओलीले भने, ‘सगरमाथा त्यहिँ रहन्छ, अहिले नसके अर्काे पटक गएर नापेर आए हुन्छ ।’ टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि सहभागी थिइन्।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु